+
+
Shares

एक महिनाकी सुत्केरी घरबाट निकालिइन्

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते २१:०९

४ मंसिर, दाङ । नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई श्रीमान् र परिवारले घर निकाला गरेको हो ।

गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकालेको  पीडितले बताइन् । ‘तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महीनाबाटै पिट्न शुरु गर्नुभयो’  पीडित दुर्गाले भनिन्, ‘गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।’

सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले जानकारी दिइन् ।

सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् ।

दुर्गाले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएकी छन् । तर, प्रहरिले जिल्ला अदालतमा विचाराधीन मुद्दामा केही गर्न नमिल्ने भन्दै फकाईदिएको छ ।

घोराहीमा पत्रकारहरूसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?