Comments Add Comment

चैत्र २९ मा सलिनमानको ‘यात्रा’

असोज ५ गते नै रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘यात्राः अ म्यूजिकल भ्लग’को नयाँ प्रदर्शन मिति तय भएको छ । यो चलचित्र अब चैत्र २९ गतेबाट रिलिज हुने भएको छ । छायांकन नसकिएपछि चलचित्रलाई असोज ५ गते रिलिज गर्न नसकिएको हो ।

निर्माता केशव भट्टराइको जन्मदिनको अवसर पारेर यो चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । नयाँ बर्षको छेकेको चलचित्र रिलिज गरेर महंगो बजेटलाई उठाउने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रको फस्टलुकमा नायक सलिनमान बनियाँलाई देखाइएको छ । चलचित्रमा उनको क्यारेक्टरलाई प्रष्ट पार्न खोजिएको छ । चलचित्रमा उनको साथमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

यही चलचित्रबाट नव–नायिका मल्लिका महतले चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । चलचित्रमा बाल–कलाकार अंकित संग्रौला र एन्जल राइलाई पनि देख्न सकिन्छ । यो चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह ( निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment