Comments Add Comment

बिर्तामोडबाट सुरु भयो नेपथ्यको मुलुक यात्रा

 ५ मंसिर, बिर्तामोड । नेपथ्यको पूर्वी-पश्चिमी यात्रा मंगलबारबाट सुरू भएको छ ।  झापाको बिर्तामोडको पहिलो प्रस्तुतिसँगै यात्रा सुरू भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ सुरू भएको यात्रा देशका पूर्वी -पश्चिम तराइका चार सहरकाे प्रस्तुतिपछि सकिने छ ।

मंगलबारको कार्यक्रम डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा कर्णाली’ सँगै सुरू भएको थियो । त्यसपछि अर्को म्यूजिक भिडियो ‘ऐनाझ्याल’ प्रस्तुत गरिएको थियो ।

मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्याण्डकै सबैभन्दा पहिलो रेकर्ड भएको गीत सुनाएको थियो ।

आँगनै भरि हिउँ नै झरे

आरु फूल है टिपि राखे है’

ब्याण्ड २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभरि घुम्ने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको हो । यसरी चयन गरिएको पहिलो रेकर्ड भएको गीतमा ब्याण्डका प्रारम्भिक दिनदेखि अहिलेसम्मका सदस्यहरुको सम्झनारुपी तस्बिरहरु प्रस्तुत गरिएको थियो । स्थानीय तन्नेरीहरुले उत्साहका साथ यस गीतलाई स्वागत गरेका थिए ।

कार्यक्रम नेपथ्यका नयाँ पुराना गीतहरुबाट निरन्तर अघि बढिरह्यो । सँधै झैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरिम¥यो शिशैको गोलीले’, ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘तालको पानी’ जस्ता गीतहरु प्रस्तुत भएका थिए । देशभक्ति जगाउने ‘गाउँ गाउँबाट उठ’ हुँदै कार्यक्रमको अन्त्यमा भने ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिएको थियो ।

पूर्वी नेपालकै पुरानो बिर्ता बजार (अनारमनी) लाई महेन्द्र राजमार्गसँग जोड्ने बिन्दू नै आजको सम्पन्न बिर्तामोड बन्नपुगेको नेपथ्यले बताएको छ ।

फोटो : सौरव माएर / नेपालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment