+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले अक्टोबर ३१ मा सिक्किमको राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा कन्सर्ट गर्ने तयारी गरेको छ।

९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य गुञ्जिन लागेको छ ।

भारतको ८०औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।

नेपथ्य सिक्किममा चौथो पटक प्रस्तुत हुन लागेको हो । राजधानीकै मुख्य स्टेडियममा आयोजना हुन लागेको कन्सर्ट भव्य हुने विश्वास आयोजकहरूले लिएका छन् । सिक्किमवासीले पछिसम्मै याद राख्ने हिसाबले कन्सर्टको तयारी भइरहेको आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले बताए ।

हिमाली राज्यको सुन्दरताको प्रवर्धन र तन्नेरी पुस्ताको मनोबल उकास्ने अवसरका हिसाबले पनि कन्सर्टलाई अघि बढाइएको उनको भनाइ छ ।

कार्यतालिका अनुसार ३१ तारिखको बेलुकी ठीक ५ बजे पाल्जोर स्टेडियमका ढोकाहरू खुला गरिनेछन् भने बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेछ ।

सिक्किममा नेपाली, भुटिया र लेप्चा लोक परम्पराबाट विकास भएका सङ्गीत आम रूपमा प्रचलित छन् । नेपालमा जस्तै मादल, सारङ्गी, डम्फु, टुङ्नादेखि नौमतीसम्मका वाद्ययन्त्रको व्यापक प्रयोग गर्ने त्यहाँको समाजले तामाङ सेलो सर्वाधिक रुचाउँछ । सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन् । पालाम गाउने, च्याब्रुङ बजाउने, नाच्ने गरिन्छ।

नेपालका ग्रामीण भेगहरू डुलेर सङ्कलन गरिएका नेपथ्यका गीतहरूलाई सिक्किमका श्रोताले धेरै पहिलेदेखि मन पराउँदै आएका छन् । ‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर प्रभावित श्रोताले पठाउने गरेका मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ ब्यान्डका अगुवासमेत रहेका गायक अमृत गुरुङ भन्छन्, ‘यो पाला रङ्गशालामै आयोजना हुन लागेको कन्सर्टलाई लिएर उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’

अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शक थिए।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ । कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ । तिहारपछि ब्यान्डले फेरि मुलुकका चार साना तथा मझौला सहरको साङ्गीतिक यात्रा गर्नेछ । त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको यात्रा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?