+
+
Shares

डडेल्धुरामा बस दुर्घटना, मानवीय क्षतिको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १९:२२

६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवामा स्कुल बस दुर्घटना भएको छ ।

अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा मानवीय क्षति पनि भएको आशंका गरिएको छ । अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ ।

उद्दारका लागि डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी प्रमुखलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?