+
+
Shares

विप्लवको जनसभामा कम्ब्याट ड्रेस लगाए पक्राउ पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १९:२३

७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले शनिबार राजधानीमा गर्न लागेको आमसभालाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । कानुन विपरीतका गतिविधि हुनसक्ने विश्लेषणसहित सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएका हुन् ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार केही दिनयता उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँच र कडाइ गरिएको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती पनि बढाएको छ । स्रोतका अनुसार कार्यक्रममा घरेलु हतियारको प्रदर्शन र कम्ब्याट ड्रेसमा सहभागिता हुनसक्ने विश्लेषण गरिएको छ । यदि त्यस्तो पाइए प्रहरीले तत्काल नियन्त्रणमा लिने स्रोतको दाबी छ ।

तर, कानुनतः आमसभा भए कुनै अवरोध हुने सुरक्षा स्रोतले जनाएको छ । सरकारले अर्धभूमिगत समूहरुसँग वार्ता गरिरहेको छ । त्यसक्रममा विप्लव समूहसँग पनि वार्ताको तयारी गरिए पनि वार्ता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?