Comments Add Comment

कृषि विकास बैंकबाट सिटौला बाहिरिँदै, नयाँ सीईओको खोजि शुरु

९ मंसिर, काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकबाट बाहिरिने भएका छन् ।

पहिलो कार्यकाल पुरा गरी सीईओ सिटौला यही महिनाभित्र बैंकबाट बाहिरिने भएका हुन् । उनको कार्याकाल मंसिर २८ गते सकिँदैछ ।

उनी २०७१ साल मंसिर २८ गते खुला प्रतिस्पर्धाबाट नियुक्त भएका थिए । सिटौला नेपाल राष्ट्र बैंकको सेवा निवृत कार्यकारी निर्देशक समेत हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सीईओ दुई कार्यकालसम्मका लागि काम गर्न सक्ने व्यवस्था भए पनि सीईओ सिटौला भने दोस्रो कार्यकाल नबस्ने पक्का भएको छ । बैंकले आइतबारमात्रै नयाँ सीईओका लागि आवेदन माग समेत गरेको छ ।

बैंकर सिटौलाले दोस्रो कार्यकालका लागि आफूले आवेदन नदिने बताएका छन् । उनी आइतबारदेखि नै बिदामा बसेका छन् । आइतबारदेखि बिदामा बसे पनि आफूले बैंक छाडिनसकेको उनले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘म अहिले केहि दिनको लागि ‘क्याजुएल’ बिदा बसेको हुँ, मेरो कार्यकाल अझै केहि समय बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment