Comments Add Comment

चालु खाता घाटा ८२ अर्ब, शोधनान्तर घाटा ३५ अर्ब पुग्यो

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा चालु खाता घाटा करिब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बेंकले आइतबार ३ महिनाको तथ्यांक सार्वजनिक गर्दै चालु खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड पुगेको जानकारी दिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २५ अर्ब ५२ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख पुगेको छ ।

यसैगरी समीक्षा अवधिमा शोधनान्तर खाता भने ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता ४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर खाता अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ३१ करोड ६२ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment