+
+

सामूदायिक लघुवित्तको आईपीओ बाँडफाँट भोलि

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते १९:०८

९ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि सोमबार बाँडफाँट हुने भएको छ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओका लागि आवेदन बुधबार बन्द भएको थियो ।

सोमबार बिहान साढे ८ बजे संस्थाको आईपीओ बाँडफाँट गरिने बिक्री प्रवन्धक एसविआइ क्यापिटलले जनाएको छ । यस संस्थाको आईपीओमा माग गरिएको भन्दा करिब ६१ गुणा बढी आवेदन परेको थियो ।

संस्थाले सर्वसाधारणका लागि २ लाख ७३ हजार कित्ता साधारण सेयर जारी गरेको हो । गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा समेत परेको संस्था हो ।

व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि गत वर्ष नै निष्कनुपर्ने आईपीओ यो वर्ष मात्रै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?