Comments Add Comment

धरहरा निर्माणमा भीमसेन थापाका सन्ततिले राखेको प्रस्ताव अस्वीकार

१० मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले राजनीतिक विषयलाई प्रमुख समाचार बनाएका छन् भने केहीले बेथिति र अनियमिततामाथि समाचार लेखेका छन् ।

कांग्रेसको विधान मस्यौदा समितिले विधानमा आएका फरक मतसहितको प्रस्तावित मस्यौदा तयार पारेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् ।

बीपी कोइरालाले बनाएको पार्टीको विधानमा सामान्य हेरफेर र परिवर्तन गर्दै आएको कांग्रेसले विधानलाई व्यापक परिमार्जन र पनर्लेखन गरेको हो ।

दुई वाइडबडी खरिदबारे संसद्को सार्वजनिक लेखा समितिमा भएको छलफलको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर लेखेका छन् । वाइडबडी खरिदमा अनियमितता भएको चर्चा चलिरहेका बेला समितिले ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायु सेवा निगमको लिखित जवाफ मागेको छ ।

यसका अतिरिक्त अख्तियारले १४ पुलको अनुसन्धान थालेको, पुरानै संयन्त्रबाट मलेसियाले कामदार लैजाने भएको, राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन बनेकोलगायत समाचार पनि आजका पत्रपत्रिकाहरुको हेडलाइन बनेका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन प्रतीक्षारत नेपालगञ्जका वृद्धहरुको तस्वीर छापेको कान्तिपुरले मलेसियाले पुरानै प्रक्रियाबाट कामदार लैजान पत्राचार गरेको लेखेको छ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको १ महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको हो ।

कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको समाचारमा उल्लेख छ ।

संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाइडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

मूल्यान्तर, अधिकतम उडाभभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ ।

कान्तिपुरकै भित्री पृष्ठमा धरहरा निर्माणका लागि विस्तृत डिजइन गर्न भीमसेन थापाका सन्ततिले राखेको प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अस्वीकार गरेको खबर पनि छ ।

पुर्खाले बनाएको धरहरा पुनर्निर्माणमा आफ्नो सहभागिता खोज्दै राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले विस्तृत डिजाइन तयार गर्ने प्रस्ताव प्राधिकरणमा पेस गरेको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष प्रा. सुशीलविक्रम थापाले कान्तिपुरसँग भनेका छन्– हामीले निःशुल्क प्राविधिक सेवा दिन्छौं भनेका थियौं । तर हाम्रो प्रस्ताव स्वीकार गरिएन ।’

३ अर्ब ४५ करोड लागतमा बन्न लागेको धरहराका लागि ड्रइङ डिजाइनमा मात्रै ७८ लाख रुपैयाँ खर्च भएको छ । थापाका अनुसार डिजाइन लिएको भए डिजाइनमा खर्च भएको रकम जोगिने थियो । उनले कमिसनको लोभमा आफ्नो प्रस्ताव अस्वीकार गरेको आरोप लगाए ।

‘लेखाले खोज्यो विमानको रित’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार लेखेको छ । ८१ हजार किसानको ८२ करोड अनुदान रकम थन्किएकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा नै समेटेको छ । १४ पुलमा अख्तियारले अनुसन्धान थालेकोलाई अन्नपूर्णले एंकर बनाएको छ । ’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार लेखेको छ । ८१ हजार किसानको ८२ करोड अनुदान रकम थन्किएकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा नै समेटेको छ । १४ पुलमा अख्तियारले अनुसन्धान थालेकोलाई अन्नपूर्णले एंकर बनाएको छ ।

नागरिकले कांग्रेस विधानमा गुटगत स्वार्थ हाबी भएकोदेखि मलेसियाको भेन्डर फेर्न आर्थिक चलखेल भएकोसम्मका खबर छन् ।

नेपाल समाचारपत्रले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन बनेको लेखेको छ भने संघीय संसदका विभिन्न समितिमा विधेयक अड्किएकोलाई गोरखापत्रले एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment