
मंसिरको महिना छ । कति युवती नव दुलही बनेर भित्रिदैछन् । उनीहरु कसैकी बुहारी बन्नेछिन्, कसैकी भाउजु । सबैभन्दा खास त कसैकी जीवन-संगीनी बन्नेछिन् ।
आफ्नो परिवारमा हुर्किरहेकी, रमाइरहेकी युवतीका लागि श्रीमतीको भूमिका, बुहारीको भूमिका, भाउजुको भूमिकामा रुपान्तरण हुन जति रोमाञ्चक हुन्छ, उत्तिकै चुनौतीपूर्ण पनि ।
उनीहरुले पराई घरलाई आफ्नो ठान्नुपर्नेछ । नयाँ सम्बन्धहरु स्थापित गर्नुपर्नेछ । बेग्लै पारिवारिक संस्कार र चालचलनमा आफुलाई अभ्यस्त गराउनुपर्नेछ । नव दुलहीका लागि यी सबै कुरा एकदम नयाँ हो ।
विवाहअघिको र विवाहपछिको अवस्था उस्तै रहँदैन । यो परिवर्तनलाई उनीहरुले सहर्ष आत्मसात गर्नुपर्छ । नयाँ पारिवारिक जीवनलाई कसरी मधुर र सन्तुलित बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
विवाह गर्नुलाई कतिले बन्धनको रुपमा लिन्छन्, कतिले जीवनको फरक आयमको रुपमा । कतिले यसलाई नयाँ मोडको रुपमा लिन्छन्, कतिले भारको रुपमा पनि । यद्यपी विवाह एक सामाजिक प्रक्रिया हो । यही विन्दु हुँदै हाम्रो जीवनचक्रले फन्को लगाउँछ ।
अँ त, प्रसंग बदलौं ।
विवाह अघिको स्वतन्त्र र मनमौजी जीवनलाई विवाह पछि जिम्मेवारी र कतव्र्यको भारले थिचिदिन्छ । हुन पनि विवाह पछि सबैकुरा परिवर्तन हुन्छ, त्यसँगै परिवर्तन हुन्छन् उनीहरुका सपना र इच्छाहरु ।
अझै विशेषगरी युवतीहरुले विवाह पछि आफ्ना तमाम इच्छा र चाहनालाई बदल्नुपर्ने हुन्छ । उनीहरु हिजोको दिनमा जे सोच्थे, आज फरक हुन्छ । हिजोको दिनमा उनीहरु जे चाहन्थे, आजको दिनमा त्यो भिन्न हुन्छ ।
भनिन्छ, विवाहअघि उनीहरुको बेग्लै इच्छा, आंकक्षा, रहर हुन्छ ।
उनीहरु आफ्ना ती इच्छा र चाहनाहरुलाई पुरा गर्नका लागि हर-सम्भव प्रयास गरिरहन्छन् । युवतीहरु धेरै भावुक हुन्छन् । उनीहरु आफ्नो भविष्यको जीवनप्रति चिन्तित त हुन्छन् नै संवेदनशिल पनि ।
खासगरी युवतीहरुले विवाह पछिको जीवनको बारेमा पहिले नै धेरै योजना बनाएका हुन्छन् । योजना सँगै उनीहरुका केही त्यस्ता चाहना र इच्छाहरु हुन्छन् जुन आफ्नो हुनेवाला पतिको साथबाट पुरा होस् भन्ने उनीहरुको कामना हुन्छ ।
हरेकको युवतीको मनमा वैवाहिक जीवनलाई लिएर विभिन्न प्रकारका फरक फरक इच्छाहरु हुन्छन् तर केही यस्ता इच्छा छन् जुन धेरैजसो युवतीले आफ्नो मनमा सजाएका हुन्छन् ।
पार्टरनबाट प्रेमको आशा
विवाह पछि आफ्नो जीवसाथीले आफूलाई अगाध प्रेम गरोस भन्ने हरेक युवतीको चाहना हुन्छ । विवाह भन्दा पहिले हरेक युवतीले उनको जीवनसाथीले उनलाई धेरै प्रेम गरोस भन्ने चाहेका हुन्छन् ।
आफ्नो जीवनसाथी केयरिङ, इमान्दार, सेन्स अफ हृयुमर भएरको र केही रोमान्टिक स्वभावको होस् भन्ने युवतीहरुको चाहना हुन्छ ।
सम्मान चाहन्छन्
युवतीहरु यो कुरा कहिल्यै पनि खुलेर व्यक्त गर्दैनन् तर, उनीहरु सँधै हुनेवाला जीवनसाथीले आफूलाई धेरै सम्मान गरुन भन्ने चाहन्छन् । उनीहरुलाई लाग्छ जीवनसाथीले आफूलाई त्यति नै सम्मान दिउन् जति उनीहरुले आफूबाट चाहन्छन् ।
यस मामिलामा दुवैपक्षबाट बराबरी होस् भन्ने उनीहरुको चाहना हुन्छ । त्यतीमात्रै होइन जीवनसाथी मात्रै नभई उसका परिवारका हरेक मानिसले उनलाई सम्मानको नजरले हेरुन भन्ने उनीहरु चाहन्छन् ।
केही गरेर देखाउने इच्छा
हरेक युवतीले आफ्नो आमा बुबाको लागि केही गर्न चाहन्छन् । उनीहरुले सँधै आफूले राम्रो काम गरेर आमाबुबाको छाती चौडा बनाउन सकियोस भनेर सोच्छन् ।
विवाहभन्दा पहिले हरेक युवतीले आफ्नो आमाबुबाको सम्मानलाई अगाडि बढाउन पुरै कोसिस गर्ने चाहना राखेका हुन्छन् । यसको लागि उनीहरु हरेक सम्भव देखि असम्भव कोसिस पनि गर्छन् ।
आत्मनिर्भर बन्ने
अहिलेका युवतीहरु अरुमा आश्रति हुन चाँहदैनन् । उनीहरु आत्मनिर्भर बन्न र स्वतन्त्र रहन रुचाउँछन् । उनीहरुले विवाह पछि पनि आत्मनिर्भर हुने चाहना राहेका हुन्छन् ।
हुन त युवतीहरु सानासाना कुरालाई लिएर डराउँछन् तर आफ्नो लागि अडान लिने कुरामा भने उनीहरु कहिल्यै पछाडि हट्दैनन् । हरेक युवतीहरु आफ्नो साथसाथै अरुको लागि पनि स्ट्याण्ड लिन सकियोस् र आत्मनिर्भर बन्न सकियोस् भन्ने चाहन्छन् ।
धेरै सपिङ गर्ने
प्रायजसो युवतीहरुलाई मनपर्ने कुरा हो सपिङ गर्ने । सायद दुनियाँमा यस्ता युवती कमै छन् होला जसलाई सपिङ गर्न मन पर्दैन ।
विवाह पछि आफ्नो पतिको हात समाएर सँगै घुम्दै सपिङ गर्न पाइयोस भन्ने इच्छा विवाह अघिदेखि नै हरेक युवतीले राखेका हुन्छन् । अझै आफ्नो जीवनसाथीको पैसाले सपिङ गर्ने उनीहरुको ठूलो इच्छा हुन्छ ।
प्रतिक्रिया 4