Comments Add Comment

‘रणवीर’का लागि सुशिलले बढाए १५ केजी तौल

माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’को निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रको प्रदर्शन हुन २ महिना बाँकी रहँदा यसको फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा नायक सुशिल सिटौलालाई मात्र देखाइएको छ । नायक सिटौलाले यो चलचित्रका लागि आफ्नो तौल ७० केजीबाट ८५ केजी पु¥याएका थिए । करिब नौ महिना जिम गरेर उनले आफ्नो शरीरलाई सुगठित बनाएका थिए ।

यो चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्टलुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । एक्सन प्रधान चलचित्रमा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माताले बताएका छन् । चलचित्रको २ वटा गीतको छायांकन गर्न बाँकी रहेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment