Comments Add Comment

यौनांगविना जन्मिएका पुरुषको सय महिलासँग यौन सम्पर्क

कुनै पुरुष जो यौनांग विना जन्मिएको हुन्छ, त्यसले एक दुई होइन सय–सय जना महिलासँग यौन सम्पर्क गर्दछ भनेर कसरी विश्वास गर्ने ?

बेलायतको म्यानचेष्टरका एक पुरुषले यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ।

उनले अहिलेसम्म १ सयभन्दा धेरै महिलासँग सेक्स गरिसकेको दाबी गरेका छन् ।

एन्ड्रयू वार्डल नामका ती पुरुषका बारेमा एउटा डकुमेन्ट्री नै बनाइउको छ ।

वार्डल जन्मजात रुपमा ब्लेडर एक्सट्रफी नामक अनौठो रोगको सिकार थिए । यो समस्या भएका मानिसमा यौनांग शरीर बाहिर विकास भएको हुँदेन ।

तर यस्तो हुँदाहुँदै पनि उनले धेरै महिलासँग सेक्स गरिसकेका छन् । अहिलेपनि एकजना युवतीसँग उनी डेट गरिरहेका छन् ।

उनको यौनांग नभएको कुरा झ्वाट्ट हेर्ने महिलालाई थाहा हुने कुरा भएन । उनी महिलालाई आफुप्रति आकर्षित गर्न माहिर थिए । अनि आकर्षित गरी यौन सम्पर्क पनि राखिहाल्थे ।

केटीलाई कसरी खुसी पार्ने भन्ने तरिका आफुले जानेको उनी दाबी गर्दछन् । आफ्नो प्रयास कहिल्यै पनि खेर नगएको उनी बताउँछन् ।

‘जब महिलाहरु मसँग नजिकिन्छन्, तब मैले उनीहरुलाई यति प्रेम गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन्’, उनी बताउँछन् ।

वार्डलले आफ्नो यौनांग विकास गर्नका लागि धेरैपटक उपचार पनि गराए । तर त्यसका अहिलेसम्म सफल भएका छैनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment