+
+

भ्रष्टाचार रोक्न जनप्रतिनिधिलाई मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते २०:१२

११ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न गाउँपालिकाका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन ।

‘भ्रष्टाचार रोक्नका लागि जनप्रतिनिधि पहिलो पंक्तिमा आउनु पर्छ’ डोटीको बुडरमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने ‘स्थानीय तह नयाँ अभ्यास भएका कारणले पनि जनप्रतिनिधि चनाखो हुनुपर्छ ।’

गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले आफ्ना मातहतका जनप्रतिनिधि र कर्मचारीमाथि निगरानी गर्नुपर्ने भट्टले बताए । देशमा प्रशासनिक संक्रमण चलिरहेको बताउँदै मूख्यमन्त्री भट्टले भने ‘कानुन भित्रका स–साना कुराले राजनैतिक नेतृत्वले सोचे अनुसार काम सकिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?