Comments Add Comment

महिला सेनाध्यक्ष हुने पहिलो नेटो मुलुक बन्यो स्लोभेनिया

नेटोमा समावेश स्लाभेनिया महिलालाई सेना प्रमुख नियुक्त गर्ने पहिलो देश बनेको छ । ५५ वर्षकी मेजर जनरल एलेन्का एर्मेन्कले २८ नोभेम्बरबाट सेनाध्यक्षको जिम्मेवारी पाएकी छन् ।

उनले मेजर जनरल अलान गेडरलाई प्रतिस्थापित गर्नेछिन् जो यसै वर्षको फेबु्रअरीमा सेनाध्यक्ष बनेका थिए । एलेन्का पूर्व सेना कमान्डर हुन् । देशले युगोस्लाभियाबाट स्वतन्त्रता हासिल गरेपछि १९९१ मा सैन्य करिअर सुरुवात गरेकी थिइन् । सेनाप्रुमख बन्नुअघि उनी डेपुटी सेनाध्यक्ष थिइन् ।

राष्ट्रपति बोरुट पाखोरले सेनाध्यक्षको रुपमा एलेन्काको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘संसारभरी नै सुरक्षाको स्थिति बिग्रिएको छ । स्लोभेनियालाई सोझै कुनै देशबाट सैन्य चुनौति नभए पनि देशको सैन्य सुरक्षामा धेरै काम गर्नुपर्ने आवश्यकता छ ।’

मेजर जनरल एलेन्काले लन्डनको रोयल कलेज अफ डिफेन्सबाट स्नातकको पढाई पुरा गरेकी हुन् भने लन्डनको किङ्स कलेज यूनिभर्सिटीबाट इन्टरनेसनल स्टडिजमा स्नातकोत्तर अध्ययन गरेकी हुन् ।

स्लोभेनियाको सैन्य क्षमता ठूलो छैन । त्यहाँ करिब सात हजार पाँच सय मात्र सैनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment