Comments Add Comment

विमान खरिद प्रकरण : लेखाले माग्यो सार्वजनिक खरिद अनुगमन कार्यालयको राय

१२ मंसिर, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ । ।

समितिको मंगलबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनेको हो ।

समितिले मंगलबारको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरेको थियो । त्यसक्रममा सांसदहरुले विमान खरिद प्रकरणमा कार्यालयको राय मागेका थिए ।

सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बताएका थिए ।

सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।

कार्यालयका सचिव मधु रेग्मीले निश्चित समय दिए अनुगमन गरेर राय दिने बताए । लगत्तै समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए । लेखा समितिले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको भन्ने प्रश्न पनि गरेको थियो ।

यो पनि पढ्नुहोस वाइडबडी खरिदमा लेखा समितिको प्रश्नै प्रश्न, सभापतिले सोधे–२ अर्ब ४० करोड कमिसन खोई ? यो पनि पढ्नुहोस वाइडबडी खरिद प्रकरणः कारबाहीको सिफारिस गर्न सत्तारुढ सांसदको माग यो पनि पढ्नुहोस सुगतरत्नको प्रश्न : वाइडबडीको कागजपत्र असनमा बाँड्नुपर्ने हो ? यो पनि पढ्नुहोस संसदीय समितिलाई पर्यटनमन्त्रीको बचन : २४ घण्टाभित्र वाइडबडीको कागजात बुझाउँछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment