फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ताका विषयमा छलफल गर्न आगामी मंगलबार बैठक बोलाएको छ ।
- समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई छलफलका लागि सिंहदरबार बोलाइएको छ ।
- आन्दोलनमा कागजात जलेको भन्दै लेखापरीक्षण हुन नसकेका विषयमा समितिले सो दिन छलफल गर्ने निर्णय गरेको छ ।
२४ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्दैछ ।
यो विषयमा छलफल गर्न लेखा समितिले आगामी मंगलबार बिहान ११ बजे बैठक राखेको छ । बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमै बस्नेछ ।
समिति सभापति भरतबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर जेलकै जलेका स्रेस्ताहरूको सम्बन्धमा छलफल गर्न लागिएको हो ।
छलफलमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ । जेनजी आन्दोलनमा कागजात जलेको भनेर लेखा परीक्षण नभएको विषयमा लेखा समितिले छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4