Comments Add Comment

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम अध्यक्षमा ओझा चयन

१२ मंसिर, डोटी । बुधबार सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशस्तरीय अधिवेशनबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा चयन भएका छन् ।

डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष ओझा प्रदेश कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । डोटीको बुडरमा दुई दिनसम्म चलेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कमिटीका पदाधिकारी सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका पुष्पा अवस्थी, सचिवमा मालिकार्जुन गाउँपालिका दार्चुलाका नरेन्द्र धामी, कोषाध्यक्षमा रामारोशन गाउँपालिका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउँद बुढा चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा छबिस पाथीभेरा बझाङ्का अक्कलबहादुर धामी, गौमूल बाजुराका हरीबहादुर रोकाया, नवदुर्गा डडेल्धुराका कविन्ऽ बिष्ट, बेल्डाँडी कञ्चनपुरका कमला कार्की र सुर्नाया बैतडीका लिला बिष्ट, जोशीपुर कैलालीका गीता कडरीया, बान्नीगढी-जयगढ अछामका राजेन्द्र खड्का र सिगास बैतडीका  द्रोपती चन्द, कैलारी कैलालीका लक्ष्मी सत्गौवा रहेका छन् ।

अध्यक्ष र उपाध्यक्ष तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन त्यस्तै गरि सचिव र सहसचिवमा नेपाली कांग्रेसबाट निर्वाचित र कोषाध्यक्षमा तत्कालीन माओवादीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा तत्कालीन नेकपा एमालेबाट ५ जना नेपाली कांग्रेसबाट तीन जना र तत्कालीन माओबादीबाट एक जना जनप्रतिनिधि रहेका छन् । स्थानीय तहको अर्काे निर्वाचन नभएसम्म कार्यकाल रहने गरी महासंघको प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment