+
+

काठमाडौंको विषाक्त वायु: प्यान्क्रियाटिक क्यान्सरको कारण त बन्दै छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १०:४८

वायु प्रदूषणले के हुन्छ ?

जावफ हो, दम हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । फोक्सोको क्यान्सर गराउँछ ।

जवाफ यत्तिमै सकिँदैन ।

वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ ।

विज्ञानले प्रमाणित गरेको तथ्यले भन्छ, ‘वायु प्रदूषणको कारण क्यान्सरको जोखिम कैयौं गुणा बढ्ने र अत्याधिक वायु प्रदूषणले फोक्सोबाहेक अन्य किसिमका क्यान्सरको कारण बन्न सक्छ ।’

सन् २०१३ मा ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले वायु प्रदूषणलाई क्यान्सरको प्रमुख कारण मानेको थियो । धुम्रपान र मोटोपना जस्तै सकिँदैन पनि प्रत्यक्ष रुपले क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको छ ।

वायु प्रदूषणले सबैलाई प्रभावित बनाउँछ । विभिन्न शोधबाट हावामा रहेको धुलोको मिहीन कण जसलाई पार्टिकुलेट म्याटर वा पीएम भनिन्छ । त्यो वायु प्रदूषणको एक ठूलो हिस्सा बने तथ्य पत्ता लागेको छ ।

हामीलाई डर

उल्लेखित तथ्यले हामीलाई पनि ‘खतराको घण्टी’ बजाइदिएको छ । यो हाम्रोनिम्ति एक खतराको सूचक यसकारण पनि हुनसक्छ कि, हामी धुलोमण्डलभित्र गुम्सिरहेका छौं । खासगरी काठमाडौं र अन्य शहरी क्षेत्र वायु प्रदूषणको मारमा छ ।

वायु प्रदूषणको हिसाबले काठमाडौं त उच्च जोखिममा रहेको पुष्टि भइसकेको छ । दैनिक गुड्ने गाडी, कल-कारखाना, इटा भट्टी लगायतबाट आउने धूलो एवं धुवाँले काठमाडौं खाल्डोलाई ढाकेको छ । पछिल्लो तथ्यांकले वायुप्रदूषणकै कारण फोक्सोको समस्या, नाक-कान-घाटीको समस्या बढिरहेको पाइन्छ । वायु प्रदूषण क्यान्सरको कारण बन्न सक्छ ।

जाडो याममा यो दुषित वायु तल्लो सतहमा थेगि्रएर रहने भएकाले समस्या थप जटिल बन्ने बताइएको छ । चिकित्सकहरुले चेतावनी दिइसकेका छन्, ‘जाडो याममा मर्निङ वाकमा ननिस्कनुहोस् । एकदमै प्रदूषित वायुको कारण स्वास्थ्यमा गंभिर समस्या आउन सक्छ ।’

केही समयअघि काठमाडौंको वायु प्रदूषणको स्तर मापन गरिएको थियो । धरहरलाई केन्द्र बनाएर मापन गरिएको वायु प्रदूषणको स्तर भयानक देखिए । उक्त मापनले नाइट्रोजन अक्साइड्स, सल्फर अक्साइड्स, कार्बन मोनोअक्साइड र टोटल सस्पेन्डेट पार्टिकुलेट्स (टीएसपी) प्रतिदिन क्रमश ३३ दशमलव ९०, १८ दशमलव ७४, ६५६ दशमलव २६ र १२६ दशमलव ०१ मेटि्रक टन उत्सर्जन भइरहेको देखियो ।

काठमाडौं उपत्यकामा २ दशमलव ५ माइक्रोमिटर वा सोभन्दा कम व्यास भएका धुवाँ, धूलोका कणहरु अत्याधिक रहेको पाइयो ।

यति प्रदूषित वायुमा सास फेरिरहेका हामी कति रोगको चपेटामा फसिरहेका छौं वा संभावित रोगले हामीलाई पच्छ्याइरहेको छ ? यसबारे ख्याल राख्नुपर्ने अवस्था छ ।

वायु प्रदुषणको असर

वायु प्रदुषणको कारण एक मिटरको २५ लाखौं हिस्सा भन्दा पनि सानो हुने सबैभन्दा मिहिन आकारको कणहरु श्वासप्रश्वास मार्फत फोक्सोमा पुग्छन् त्यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । त्यसैले फोक्साको क्यान्सर हुने प्रमुख कारणमा वायु प्रदुषण पर्छ ।

विभिन्न अनुसन्धान र मेटा एनालाइसिसका अनुसार वायुमा पिएमको मात्रा २.५ भन्दा धेरै भएमा फोक्सोको क्यान्सरको जोखिम अझै पनि बढ्छ ।

पिएम २.५ सतहमा आइरन कपर जिंक म्यागनिज तथा अन्य धात्विक पदार्थ र नोक्सानदायक पोलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन एवम् लिपो पोलीसेकराइड आदि समावेश हुन्छन् ।

यी पदार्थले फोक्सोमा पि|m रेडिकल बन्ने प्रक्रियालाई अझै बढाउँछ र स्वस्थ कोषमा रहेका डिएनएलाई पनि नोक्सान गर्छ । पिएम २.५ शरीर सुन्निने कारण पनि बन्छ ।

सुन्निने वास्तवमा दैनिक संक्रमणबाट लड्ने शरीरको प्रक्रिया हो तर पिएम २.५ ले यसलाई अस्वस्थकर तरिकाले बढाइ दिन्छ र केमिकल एक्टिभेसन बढ्छ । यसले कोषमा असामान्य तरिकाले विभाजन गरेर क्यान्सरको सुरुवाती कारण बन्छ ।

फोक्सोको क्यान्सर सम्बन्धी तथ्यांकको अध्ययन अनुसार क्यान्सरको धेरै नयाँ रोगीहरु बढीरहेका छन् । यसमा धुम्रपान नगर्ने मानिसहरु पनि रहेका छन् र यस्ता मानिसहरुमा क्यान्सर रोग ३० देखि ४० प्रतिशत सम्म बढेको छ ।

यस बाहेक मोटोपना वा मद्यपानको कारणले पनि फोक्सोमा क्यान्सर हुन्छ तर, सबैभन्दा धेरै जोखिम वायु प्रदुषणबाट नै हुन्छ ।

वायु प्रदुषण फोक्सोको क्यान्सर मात्रै होइनस्तन क्यान्सर र आमाशय (प्यानक्रियाटिक)को क्यान्सरसँग पनि जोडिएको छ । त्यस्तै वायु प्रदुषण मुख र घाँटीको क्यान्सरको कारण पनि बन्छ ।

कसरी बँच्ने ?

यस्तोमा मानिसहरुको लागि एकमात्र विकल्पसबै मिलेर वायु प्रदुषण घटाउन तिर लाग्नु रहेको छ।

फोक्सोको क्यान्सरको रोगीहरुको संख्या दिनानुदिन बढीरहेको छ । त्यसैले प्रदुषणबाट स्वास्थ्यको लागि हुने खतराबाट बच्नको लागि तत्काल सावधानी अपनाउनु पर्छ ।

यसको लागि एकैपटक नसकिएपनि बिस्तारै बिस्तारै वायु प्रदुषण घटाउन सकिन्छ र यसको लागि कडा कानून पनि बनाउनुपर्छ । कार्वन उत्सर्जन कम गरेर पनि वायु प्रदुषण घटाउन सकिन्छ ।

पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीको प्रयोग पनि वायु प्रदुषण घटाउने अर्को विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?