Comments Add Comment

नबिल बैंकको भिसाकार्ड प्रवर्द्धनात्मक नगद फिर्ता योजना शुरु

१४ मंसिर, काठमाडौं । नबिल बैंकले अाफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यास ब्याक’ नामक भिसाकार्ड प्रवर्द्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड वाहक ग्राहकहरुले १० प्रतिशत नगद नै फिर्ता पाउने बैंकले जनाएको छ ।

१० प्रतिशत नगद फिर्ता योजनामा कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक डेविट, क्रेडिट/पि्रपेड ग्राहकहरुले नेपालभित्रका पिओएस बाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत वा अधिकतम रु ५०० नगद नै फिर्ता पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजना १४ मंसिरदेखि पुष १६ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

‘यस योजनाले हाम्रा भिसाकार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पिओएस तथा इ-कमर्सको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ’, नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

‘नबिल भिसाकार्ड क्यास ब्याक’ नामक भिसाकार्ड प्रवर्द्धनात्मक दोस्रो चरणको अभियानले आफ्ना ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment