Comments Add Comment

जीवनलाई उत्सव बनाऔं- रजनीश

तिमी जहाँ छौ, यात्रा त्यहीबाट सुरु गर्नुपर्छ । तिमी एक स्थानमा रहेर, अर्को स्थानको कल्पना नगर । ति सबै झुट हुनेछ ।

यसमा दुःखी हुनुपर्ने कारण पनि छैन । किनभने जो, जहाँ छ, यात्रा त्यहीबाट सुरु हुनसक्छ । यसमा चिन्तित हुनुपर्दैन । अरुले मलाई उछिन्यो, अरुभन्दा म पछाडि परें ! अर्कासँग तुलना पनि नगर । नभए तिमी अझ दुःखी हुनेछौ ।

सधै आफ्नो स्थितीलाई सम्झनुपर्छ । र, आफ्नो स्थिती भन्दा विपरित आकंक्षा नराख । आफ्नो स्थितीमा नै राजी हुनु । तिमी आफ्ना निरसतामा राजी हुनु । तिमी यसबाट बाहिर निस्कने चेष्टा नै नगर । यसमा आसन जमाएर बस । तिमी भन, ‘म निरास हुँ । मभित्र फूल खेल्दैन । मभित्र मरुस्थल छ । मरुद्यान होइन ।’

…….

मरुस्थलको पनि आफ्नो सौन्दर्य हुन्छ । मरुस्थल देखेका छौं ?

मरुस्थलको पनि आफ्नै सन्नटा हुन्छ । मरुस्थलको पनि टाढा-टाढासम्म फैलिएको अनन्त सीमा छ । यसले आफैमा अपूर्व सौन्दर्य लुकाएको छ । मरुस्थल हुनु कुनै नराम्रो होइन ।

परमात्माले तिमीभित्र मरुस्थल बनाउन चाहेको छ भने, बनाउन देउ । तिमी त्यसलाई स्विकार गर ।

तिमीलाई मेरो कुरा कठोर लागेको हुनसक्छ । किनभने तिमी चाहन्छौं, चाडै गदगद हुन पाइयोस् । कुनै उपाय बताइयोस्, कुनै सूत्र बताइयोस्, ताकि त्यसबाट आफुपनि रसपूर्ण हुन सकौं ।

तर, तिमी बिरामी छौं । तिम्रो बिरामबाटै रसको आकंक्षा पैदा हुन्छ । आकंक्षाले द्वन्द्व पैदा हुन्छ । द्वन्द्वले तिमी थप बिरामी हुन्छौ ।

म तिमीलाई चाबी दिदैछु । तिमी बिरामी छौ । तिमी त्यसमै डुब । तिमी यस्तै हुनु । तिमी भन, परमात्माले मलाई मरुस्थल बनायो । मेरो अहोभाग्य हो कि, मलाई मरुस्थल झै छनौट गर्‍यो ।

तिमी यसमै राजी हुनुपर्छ । तिमी गीत-गाना भुलिदेउ । तिमी गदगद हुन छाडिदेउ । तिमी यी सबै कुरा छाड । तिमी रुखो भइरहनु । तिमी पटक्कै चेष्टा नगर, नभए पाखन्ड हुनेछ ।

बाहिर बाहिर मुस्कुराउनेछौं भित्रभित्रै मरुस्थल हुनेछ ।

र, तिमीसँग म भन्दैछु, तब क्रान्ती हुनेछ । यदी आफु मरुस्थल भएकोमा नै तिमी सन्तुष्ट हुन्छौ भने, तिमीले अचानक यस्तो अवस्था पाउनेछौं कि, ‘अरे मरुस्थल कहाँ हरायो ? थाहा छैन ।’ अचानक तिम्रो आँखा खुल्नेछ र तिमीले पाउनेछौं हजारौं-हजार फूल लहराइरहेको छ । किनभने हरेक असन्तोष नयाँ मरुस्थल बन्छ ।

तिमीले मेरो कुरा बुझ्यौं ? तिमी जस्तो छौं, त्यसबाट अन्यथा हुने चेष्टा नगर । आँखामा आँशु आउँदैन, के जरुरी छ ? सुख्खा आँखा । केवल सुख्खा । सुख्खा आँखाको पनि मज्जा छ । आँशुले भरिएको आँखाको पनि मजा छ ।

र, परमात्मालाई सबै किसिमको आँखा चाहिन्छ, किनभने परमात्मा वैविध्यमा प्रकट हुन्छ । तिमी जस्तो छौं, बस त्यसैमा सन्तुष्ट हुनु । एकदिन अचानक पाउनेछौ कि, सबै बदलियो । सबै रुपान्तरित भयो । जादु जस्तै रुपान्तरित भयो ।

तिमी भन्नेछौ, ‘गदगद हुनु, रसविभोर हुनु, तल्लिन हुनु । र, जीवनको उत्सवलाई नै उत्सव बनाइदिनु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment