Comments Add Comment

ईपीएल टिम पोखरामा हङकङका सुन्नी भिम्सारिया आबद्ध

१४ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले हङकङका सुन्नी भिम्सारियालाई अनुबन्धित गरेको छ ।

पोखराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हङकङका अलराउण्डर सुन्नीलाई आफ्नो टिममा भित्र्याएको जानकारी दिएको हो । सुन्नीले हङकङको यु–१९ राष्ट्रिय क्रिकेट टिमबाट सन् २०११ देखि २०१३ सम्म खेलेका थिए ।

पोखराले यसअघि स्कटल्यान्डका कप्तान किल कोएट्जर र इंग्ल्यान्डका पाउल कौघलिनलाई आफ्नो टिममा भित्र्याएको थियो । सन्नीलाई आफ्नो टिममा भित्र्याएसँगै पोखराले विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

पोखराको टिममा भेट्रान खेलाडी शक्ति गौचनसँगै विनोद भण्डारी राजेश पुलामीजस्ता चर्चित खेलाडी छन् ।

मंसिर २२ देखि पुष ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ६ टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment