काठमाडौं । ‘स्टेज क्वीन’को उपमा पाएकी भूमिका गिरीले बिहेको लगनको मौका छोपेर पञ्चेबाजाको धूनमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेकी छन् ।
‘तारासँगै जून, बिर्स्यौकि मायाँले मैले लाको गुन’ बोलको गीत शुक्रबार साँझ युट्युबमार्फत सार्वजनिक भएको हो । शनिबार बिहानसम्म १४ हजार ६ सयभन्दा बढीले यो गीत हेरिसकेका छन् ।
यो गीतमा भूमिका गिरीलाई रबिन लामिछानेले स्वरमा साथ दिएका छन् । यो गीत बजाएर बिहेको बेला छमछमी नाच्न मिल्छ । ‘हाम्रो नयाँ प्रयासलाई माया गरिदिनु हुन्छ भन्ने आशा गरेका छौं,’ भूमिकाले भनिन् ।
गीतको छायांकन गोर्खाको हर्मीमा गरिएको थियो । म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् । सुस्मिता सापकोटा र रमेश थापाको मुख्य अभिनय रहेको यो गीतमा रामजी प्रसाद पन्तको निर्देशन र प्रकाश धमलाको सम्पादन छ ।
स्टुडियो रागमा रेकर्ड भएको यो गीतको एरेन्जर आशिष अबिरल छन् । बजार व्यवस्थापन आशिष म्युजिकले गरेको छ ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4