Comments Add Comment

संवैधानिक परिषद सोमबार बस्दै, चोलेन्द्र शमसेर बन्लान् त नयाँ प्रधानन्यायाधीश ?

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ ।

मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।

संवैधानिक परिषदका सदस्यहरुलाई मंसिर १७ गते सोमबार विहान ११ बजे बैठक बस्ने जानकारीसहित पत्राचार गरिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।

यसअघि नै न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा दीपकराज जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतसहित जानकारी दिइएको छ ।

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भइसकेपछि संवैधानिक परिषदले जोशीको ठाउँमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment