Comments Add Comment

सुशिल र प्रशान्तको एक्सनले भरिएको ‘रणवीर’

नेपालमा पछिल्लो समयमा कमेडी चलचित्रले बजार पिटेको छ । हरेक चलचित्रमा कमेडी समावेश गर्नैपर्छ भन्ने सोचमा निर्देशक छन् । तर, अहिले आएर विस्तारै एक्सनप्रधान चलचित्रहरु पनि निर्माण हुन थालेका छन् । नेपालमा साउथ चलचित्रहरु युटुबमा बढी हेरिन थालेपछि मेकरहरुले एक्सनप्रधान चलचित्रमा ध्यान दिन थालेका हुन् ।

माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रणवीर’को एक्सन नै एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । यो टिजरले चलचित्रको मेकिङलाई बताउँछ । चलचित्रको टिजरमा नायक सुशिल सिटौलालाई एक्सन अवतारमा देखाइएको छ । सुशिलले आफूलाई यो अवतारमा ढाल्नका लागि मिहिनेत पनि गरेको देखिन्छ । उनको चलचित्रका अर्का कलाकार प्रशान्त ताम्राकारसँग टकराव परेको देखाइएको छ ।

महङ्गो लगानीमा तयार भएको यो चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार सुशिल सिटौलाले यो भूमिकाका लागि आफूले कडा मिहिनेत गरेको बताए ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment