Comments Add Comment

विवादास्पद चर्चले दियो प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड

१६ मंसिर, काठमाडौं । विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ ।

आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो ।

ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् ।

पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।’

अधिकारीका अनुसार कोष नै खडा गरेर त्यो रकम खर्च गर्ने ओलीको चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment