Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठकमा २६ जनाले धारणा राखे

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय  समितिको आइतबारको बैठक सकिएको छ । केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा आइतबार बसेको बैठकमा ९ जना केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्माले आफ्नो धारणा राखेका छन् ।

केन्द्रीय सदस्यहरु रमेश रिजाल, फरमूल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, हरिप्रसाद नेपाल, शिवप्रसाद हुमागाँईले पनि बिधान केन्दि्रत आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । यहि मंसिर ९ गतेदेखि कांग्रेस केन्दि्रय समिति बैठकमा विधान संशोधन मस्यौदामा केन्द्रित रही छलफल चल्दै आएको छ ।

आइतबारसम्म २६ जना केन्द्रीय सदस्यले प्रस्तावित विधानमाथि आफ्नो धारणा राखेका केन्द्रीय  कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कमिटीको बैठक सोमबार विहान ११ बजे पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment