Comments Add Comment

‘हजार जुनी सम्म’मा निरुता फाइनल

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’बाट करिब ८ बर्षपछि चलचित्रमा कमब्याक गरेकी थिइन् । निरुतालाई यो चलचित्रको केमियो कमब्याक अहिले फलिफाप भैरहेको छ । कारण, निरुताले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनै निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’मा काम गरिरहेकी छिन् । उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो, तर उनले विशेष कारणले काम गर्न सकिनन् ।

उनै, निरुताले अब ‘नाई नभन्नु ल ५’का निर्देशक विकासराज आचार्यले बनाउन लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा पनि काम गर्ने पक्का भएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रका लागि निरुतालाई फाइनल गरिएको निर्माणपक्षले जनाएको छ । निरुताको भूमिका खुलाइएको छैन । तर, उनी यसपटक केमियो भूमिकामा नहुने निर्माणपक्षको भनाई छ ।

चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, आर्यन सिग्देल फाइनल भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment