Comments Add Comment

जाडोमा बाँसको तामाः किन र कसरी खाने ?

बाँसको तामा, हाम्रो रैथाने परिकार । हुन त अहिले यसको सिजन होइन । यद्यपी जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ ।

बाँसको तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण एसियामा बाँसको तामाको प्रचलन छ ।

नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ ।

कसरी तयार गर्ने त बाँसको तामा ?

तामा तयार पार्ने विधि

बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स-साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।

तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।

तामाका परिकार

नेपालमा तामाको परिकार सिमित छन् । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकपि्रय छ ।

विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ ।

मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

मेडिकल फाइदा

– बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।

– बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्‍याउँछ ।
– पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।

– गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ ।
– यसले ग्यास्टि्रक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।

– यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

– फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।

प्रशिद्ध काहाँ कहाँ ?

– अन्तराष्ट्रिय बजारमा ‘बेम्बो शुट’को नामले बाँसको तामा विक्री गरिन्छ । क्यानमा प्याकिङ गरेको यस्तो बम्बो सुट निकै महंगो हुन्छ ।
– बिश्वप्रशिद्ध थाई सुप ‘तोमयाम कोङ’मा तामा अनिवार्य हुन्छ । तामे, भालु, चोय बास या निगालोको तामा यसमा प्रयोग गरिन्छ ।
– जापानिजहरुले बाँसलाई ‘किङ अफ ग्रास’कै नाम दिएर पाकशिक्षामा राखेका छन् । जहाँ बाँस र तामाको फाइदालाई पढाईन्छ ।
– चीनमा पनि बाँसको तामा निकै प्रचलित छ । त्यहाँ त बासको तामा मात्र नभै पात पनि बिभिन्न हर्बल-टिको रुपमा प्रयोग गरिन्छ । जुन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment