Comments Add Comment

यी लक्षणले बताउँछ तपाईलाई रक्तअल्पताको समस्या छ

रक्तअल्पता किन हुन्छ, कसरी हुन्छ, कसलाई हुन्छ रु यावत् कुरामा हामी सर्तक रहनुपर्छ । साथसाथै रक्तअल्पता भएमा के हुन्छ ? रक्तअल्पताले कस्तो जटिलता ल्याउँछ ? त्यसको निदान के हो ?

यस सम्बन्धमा हामी चनाखो रहनुपर्छ । कुनैपनि रोग लाग्दै गर्दा त्यसको संकेत देखापर्छ । जब यस्ता संकेत देखिन्छ, हामी सतर्क हुनुपर्छ । र, रोग पहिचानतर्फ लाग्नुपर्छ । यसले गर्दा हामी जटिल अवस्थामा फस्दैनौ ।

के हो रक्तअल्पता ?

रक्तअल्पत्ता रक्त सम्बन्धि एक प्रकारको विकार हो । रक्तअल्पत्ता भएमा शरीरमा रातो रक्तकोषिकाको कमी हुने गर्छ । र, शरीरमा रगतको कमी भएमा शरीरमा हेमोग्लोविनको मात्रामा कमी हुने गर्छ । जसले गर्दा शरीरले सही तरीकाले काम गर्न सक्दैन ।

रातो रक्त-कोषिकाले शरीरमा अक्सिजनको प्रवाह गर्नुका साथै शरीरमा भएको कार्बन डाइअक्साइडलाई बाहिर फाल्ने गर्छ । यसको अभावमा शरीरले कार्बन डाइअक्साइड फाल्न नसकेर शरीरमा विषाक्तता हुने गर्छ । परिणामस्वरुप, शरीरमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तन्छ । त्यसमध्यको एक रक्तअल्पता पनि हो ।

रक्तअल्पता विभिन्न कारणले हुनसक्छ । तर रक्तअल्पत्ता भएका शरीर थाक्ने तथा कमजोर हुने गर्छ ।, यसबाहेक पनि कुनै अन्य लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

हात तथा आँखा मुनिको भाग पहेलो हुनु

जब शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन वा शरीरमा रातो रक्त कोषिकाको मात्रा कम हुन्छ, तब छालोको रङ्ग परिवर्तन भई छाला पहेलो हुने गर्छ । यो समस्या अनुहारमा मात्र नभएर हात, आँखा मुनिको भाग, जिब्रो लगायत शरीरको सम्पूर्ण भागमा देखिने गर्छ ।

मुटुको चालमा गडबडी

शरीरमा हेमोग्लोविनको मात्रा कम भएमा मुटुलाई रगत पम्प गर्नमा कठिनाई हुने गर्छ । जसले गर्दा मुटुलाई शरीरमा अक्सिजनको प्रवाह गर्न थप बलको प्रयोग गर्नु पर्दछ । जसले मुटुको चाल सम्बन्धि गडबडी निम्त्याउन सक्छ ।

थकान

शरीरका अंगले आवश्यकता अनुसार अक्सिजन प्राप्त नगरेको खण्डमा शरीरलाई नियमित कार्यका लागि थप उर्जाको आवश्यकता पर्छ । जसले गर्दा शरीरले थकान महसुस गर्छ ।

एकाग्रतामा समस्या

नियमित कार्य गर्नका लागि शरीरका प्रत्येक अंगलाई अक्सिजनको आवश्यकता पर्छ । र, मस्तिष्क यसबाट अछुतो रहँदैन । किनकी शरीरमा अक्सिजनको मात्रा कम भएमा हामी सही तरीकाले सोच्न सक्षम हुँदैनौ । परिणाम स्वरुप हामीलाई एकाग्रता कायम गर्न समस्या हुने गर्छ ।

नङ्ग टुक्रने

नङ्ग टुक्रन्छ र भाच्निे समस्या छ भने यो पनि रक्तअल्पत्राको लक्षण हुनसक्छ । किनकी नङ्गलाई स्वस्थ रहन पनि अक्सिजनको आवश्यकता पर्दछ ।

ओठ फुट्नु

सुख्खा हावा, घाम तथा चिसोका कारण पनि ओठ फुट्ने तथा सुक्ने गर्छ । तर,  रक्तअल्पत्ताको समस्या भएमा ओठ विशेष भाग फुट्ने गर्छ  र ओठको कर्नरलाई असर पार्छ ।

पोषणरहित खानेकुराप्रति आर्कषण बढ्नु

विशेषज्ञहरुले अहिलेसम्म यसको कारण पत्ता लगाउन सकेका छैनन् । यद्यपी, रक्तअल्पत्राका विरामी चक, धुलो, माटो वा आइस प्रति आर्कषित हुने विभिन्न अध्ययनहरुले जनाएको छ  ।

रक्तअल्पत्ताको समस्या कम गर्ने प्राकृतिक उपाय

रक्तअल्पत्ता पनि विभिन्न प्रकारको हुन्छ । त्यसैले, यसको उपचार पनि रोगको प्रकृति अनुसार फरक फरक हुने गर्छ ।

पेटभित्रको एसिडको स्तर बढाउने

जब पेटले पर्याप्त मात्रामा एसिडको उत्पादन गर्न सक्दैन, तब शरीरले खानालाई आवश्यकता अनुसार टुक्राउन सक्दैन । परिणामस्वरुप, शरीरले पोषण तत्व ग्रहण गरेपनि उक्त पोषकतत्व शरीरका विभिन्न अंगमा पुग्दैन ।

त्यसैले , शरीरमा एसिडको स्तर बढाउन एप्पल साइडर भेनेगर, तथा अदुवाको सेवन गर्न सकिन्छ । त्यस्तै, फरमेन्टेट फुडको सेवन गर्न सकिन्छ ।

फोलेटको मात्रा बढाउने

फोलेट भिटामिन बी ९ को एउटा प्रकार हो । यसले स्वस्थ रातो रक्त कोषिका उत्पादन गर्न तथा शरीरलाई सही तरीकाले कार्य गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । त्यसैले, फोलेटयुक्त खानामा हरियो सागसब्जी, गेडागुडी, मेवा, अमिलो फलफुलको सेवन गरेर पनि रक्तअल्पताको समस्या कम गर्न सकिन्छ ।

बी १२ को मात्रा बढाउने

स्वस्थ रातो रक्तकोषिकाका लागि भिटामिन बी १२ अपरिहार्य मानिन्छ । शाकाहारी, गर्भवती महिला लगायतका व्यक्ति भिटामिन बी १२ को उच्च जोखिममा रहने गर्छन् । भिटामिन बी १२ विशेषगरी मासु, अण्डा, दुधजन्य पदार्थ, माछा तथा समुद्री जीवनमा पाइन्छ ।

आइरनको सेवन गर्ने

शरीरको नियमित कार्यको लागि आइरनको पनि उत्तिकै आवश्यकता पर्छ । रातो रक्तकोषिकाको उत्पादनका लागि पनि यो अत्यावश्यक मानिन्छ । यसको अभावमा रक्तअल्पत्ताको समस्या निम्तने गर्छ । शरीरमा आइरनको मात्रा दुई किसिमले बढाउन सकिन्छ, खाना र सप्लीमेन्टको सेवनद्धारा ।

खानामा विशेषगरी रातो मासु, चुकन्दर, कलेजो, पालुङ्गो, ब्रोकाउली, बदाम, अन्न, गेडागुडी आइरनको राम्रो स्रोत मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment