Comments Add Comment

एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको बिर्ताबजारमा

१८ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बिर्ताबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा शाखा स्थापना गरेको हो ।

विस्तारित शाखाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुरमा शिवाकोटीले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment