Comments Add Comment

‘प्रेमनाथ’ सम्पादनमा

काठमाडौं । गणेश बेलबासेद्वारा निर्देशित चलचित्र प्रेमनाथ (ए ट्रु लभ फरेभर)को छायांकन सकिएर सम्पादनको प्रारम्भिक काम शुरु भएको छ । केही दिनमा सम्पादन सकिएपछि डबिङ सुरु गर्ने बेल्बासेले बताए ।

‘प्रारम्भिक सम्पादनको काम जारी छ । २-४ दिनमा सकिन्छ होला । त्यसपछि डबिङको काम थालिन्छ,’ उनले भने ।

प्रेम कथामा आधारित चलचित्र प्रेमनाथको सम्पादन अनन्त घिमिरेले गरिरहेका छन् । यो चलचित्रको छायांकन दाङ, रोल्पा, लुम्बिनी, बुटवल, भैरहवा, नेपालगन्ज, काठमाडौं र भारतको लखनउमा गरिएको थियो ।

चलचित्रमा राज थापाले मुख्य भूमिका निर्वाह गरेका छन् । कृति गौतम र मोनालिशा विष्टले नायिकाको रुपमा यही चलचित्रबाट डेब्यू गरेका छन् ।

चलचित्रमा सुररबीर पण्डित, गजित बिष्ट, नबिन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय छ । निर्देशक बेलबासे ‘प्रेमनाथ’ मा खलनायकको भूमिकामा छन् ।

चलचित्र नेपाल र भारत दुवै देशमा चैत महिनामा रिलिज गर्ने योजना रहेको बेल्बासेले जानकारी दिए । काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकामा गोपाल कायस्थले चलचित्रलाई वितरण गर्नेछन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।

चलचित्रको कार्यकारी निर्माता कपिल प्रसाद दवा हुन् भने मुख्य निर्माता गुहेश्वरी बेलबासे, सहनिर्माता बसन्तराज भट्ट र अनिल राई छन् ।

‘उहिले बाजेको पालामा’ निर्माण गरिसकेका बेलवासेको यो दोस्रो चलचित्र हो ।

चलचित्रमा भरत क्षेत्रीको द्वन्द्व निर्देशन छ भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । नृत्य निर्देशन रजिन पाठकको छ । चलचित्रका गीतहरूमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी, बेनुका राई अन्जली पटेल, रेयापे दाजु र चित्रबिर जिसीको स्वर छ । चलचित्रकमा छायांकन शुमन कार्की , सुरज पाण्डे र संजय सहानीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment