Comments Add Comment

‘गीत गजल’मा रुप र आरोहीको यस्तो केमेष्ट्री

चलचित्र ‘गीत गजल’को छायांकन सकिएको यसको निर्माणपक्षले जानकारी दिएको छ । ३५ दिन लगाएर चलचित्र खिचिएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली मुख्य भूमिकामा छन् ।

आरोहण प्रोडक्शन प्रालिको ब्यानरमा आरोहण क्षेत्रीले यो चलचित्र बनाएका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । निर्माता क्षेत्रीले चलचित्र निर्माणमा कुनै पनि कमी हुन नदिएको बताए ।

चलचित्रको छायांकन सकिएसँगै यसको निर्माणपक्षले केही तस्बिरहरु पनि सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य कलाकार रुप र आरोहीको केमेष्ट्री देख्न सकिन्छ । चलचित्र ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिनले ‘गीत गजल’ रोमान्टिक प्रेमकथामा निर्माण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment