Comments Add Comment

काठमाडौंमा नियमित चल्न थाले सडक विभागका ब्रुमर

२१ मंसिर, काठमाडौं । सडक विभागले काठमाडौंमा नियमित ब्रुमर चलाउन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक विभागले विहान र बेलुका सडकमा नियमित रुपमा ब्रुमर लगाउन सुरु गरेको हो ।

सडक विभागमा महानिर्देशक रवीन्द्र श्रेष्ठले काठमाडौंका सडक विभाग मातहतका सडकमा ब्रुमर लगाउने काम नियमित गरिएको बताए ।

उनले काठमाडौंका मुख्य सडकलाई नियमित रुपमा सफा र धुलोरहित बनाउने योजनाका साथ काम थालिएको बताए ।

‘साँझ र विहान हाम्रा ब्रुमरले सडक सफा गर्दैछन्,’ उनले भने,’काठमाडौंका सडक पहिलेजस्तो धुलोमय छैन ।’

यसअघि सडक विभागका ब्रुमरहरु भीआईपीहरुको आगमनमा मात्रै सडक सफा गर्न प्रयोग गरिन्थ्यो । अब भने ती ब्रुमरहरु नियमित रुपमा चलाउन थालिएको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस बहस : काठमाडौंको सडक धुने कि धुलोको स्रोत थुन्ने ?

यस्तै सडकका खाल्डा पुपर्ने र नाली सफा गर्ने काममा पनि विभागले तत्परता देखाएर काम थालेको श्रेष्ठले बताए । श्रेष्ठले नागढुंगा-कलंकी र जोरपाटी-साँखु सडकमाबाहेक अन्त कतै पनि ठूला खाल्डाखुल्डी नरहेको दाबी गरे ।

‘हामीले काठमाडौंभित्रका ३ सय किलोमिटर सडक हेर्छौं, बिमिस्टेकका बेलामा पनि पुर्‍यौं, अस्ति एसिया प्यासिफिक समिटमा पनि पुर्‍यौं,’ उनले भने, ‘काठमाडौंको १५ सय किलोमिटर सबै सडक हामीले हेर्दैनौं । मूल सडकमा अहिले खाल्डा छैनन् ।’

उनले विभागको आफ्नै बिटुमिन प्लान्ट भएकाले सडकमा पिच उप्किएपछि तुरुन्तै टाल्न सकिने अवस्था रहेको पनि बताए । ‘कतै खाल्डा छन् भने हामीलाई खबर गर्नुस्’ उनले भने,’हामी पुर्छौं ।’

सडक सफा गर्न काठमाडौं महानगरपालिकाले पनि थप ब्रुम खरिद गरी ल्याउँदैछ । महानगरलाई चीले हस्तान्तरण गरेको ब्रुमर भने आइपुग्न बाँकी नै छ । महानगरसँग भएका ब्रुमर भने नियमित रुपमा अझै चलेका छैनन् । महानगरले जेटर मेसिनमार्फत सडक पाखाल्ने काम भने गरिरहेको छ ।
यो पनि पढ्नुहोस प्रधानमन्त्रीले भने : काठमाडौंको सडक धोइन्छ, जताततै सरकार देखिन्छ

यो पनि पढ्नुहोस संसदीय समितिमा ठट्टाः सडकका खाल्डालाई ‘राष्ट्रिय गौरव’ घोषणा गरौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment