Comments Add Comment

बर्षाको बदलिएको फिगर र फेसन

नायिका बर्षा राउतलाई पहिरनमा चुजी बन्न नसकेको आरोप लाग्छ । चुलबुले यी नायिका कार्यक्रममा पहिरनमा खासै ध्यान दिन्नन् भन्ने पनि गरिन्छ । तर, दैनिक जीम गएर शरीरलाई मेन्टेन गर्न थालेपछि बर्षा अहिले दुब्लाएकी छिन् । जसकाकारण, उनले आफ्नो पहिरनमा पनि परिवर्तन गर्न थालेको देखिन्छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा बर्षालाई जाडो भएन । छोटो स्कर्टमा उनी विन्दास खुलेकी थिइन् । बर्षाले समय अनुसार पहिरनमा पनि परिवर्तन गर्नुपर्ने बताइन् । कार्यक्रमको मुख्य आकर्षणमा रहेकी बर्षाप्रति मिडियाको क्यामेरा धेरै सोझियो ।

बर्षा अहिले चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा व्यस्त छिन् । उनको आधा दर्जन चलचित्र रिलिजको क्रममा छन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment