Comments Add Comment

कस्तो रह्यो साराको डेब्यू फिल्मको व्यापार ?

यो बर्ष बलिउडमा केही कलाकारले डेब्यू गरिरहेका छन्, जसको भविष्यलाई लिएर अहिले चर्चा भैरहेको छ । नायिका श्रीदेवीकी छोरी जान्भी कपुरको बलिउडमा सफल डेब्यूपछि नायक सैफअली खानकी छोरी साराअली खानले पनि डेब्यू गरेकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ ।

यो चलचित्रको व्यापार साराका लागि महत्वपूर्ण छ । किनकी, यो चलचित्र सफल भएको खण्डमा सारा पनि सफल हुनेछिन् । सारा र सुशान्त सिंह राजपुतको मुख्य भूमिका रहेको यो चलचित्रले सुरुवाती व्यापार राम्रो गरेको छ । पहिलो दिन यो चलचित्रले भारतीय बक्स अफिसमा ७.२५ करोडको कमाई गरेको थियो ।

२.० को आक्रामक व्यापार जारी रहेकाले पनि यसको व्यापारमा प्रभाव परेको छ । तर, पनि चलचित्रले राम्रो सुरुवात गरेको छ । अभिषेक कपुरको निर्देशनमा तयार भएको चलचित्रले दोश्रो दिन ९.७५ करोडको कमाई गरेको छ । आइतबार भारतमा बिदा पर्ने भएकाले पनि यसको व्यापार २ अंकमा पुग्ने पक्का छ ।

चलचित्र हेर्ने अधिकांश दर्शक र समिक्षकले साराको कामको उच्च प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment