Comments Add Comment

टंकको गोलमा आर्मीको जित, बीबीसी पराजित

२४ मंसिर, काठमाडौं । विभागीय टिम आर्मीले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १-० गोलको कठिन जित निकालेको हो । आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको आर्मीले दोस्रो हाफमा एक गोल गर्दै जित हात पारेको हो । खेलको ६६ औं मिनेटमा टंकले उत्कृष्ट हेडर गोल गरे । उनले सन्तोष तामाङको क्रस पासमा गोल गर्न सफल भएका थिए ।

खेल अवधिभर आर्मीले बल नियन्त्रणमा राखे पनि थप गोल गर्न भने सकेन ।

जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ भने उ लिगको चौथो स्थानमा यथावत नै रहेको छ । त्यस्तै, पराजित भएको बि्रगेड ब्वाइजको भने सात खेलबाट चार अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहंदा दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको पनि समान सात खेलबाट १८ अंक नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment