Comments Add Comment

बैंक र सर्वसाधारणबाट करोडौं उठाएर सुन व्यापारी फरार

२४ मंसिर, विराटनगर । डेढ दशक यता विराटनगरमा सुन चाँदी पसल सञ्चालन गरिरहेका एक व्यक्ति करोडौं रुपैयाँ उठाएर फरार भएका छन् ।

विराटनगर महानगरपालिका-७ जलजला चोकमा ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोषकुमार बेगवानी बैंक र सर्बसाधरणको करोडौ रुपैयाँ उठाएर परिवारसहित फरार भएका हुन् ।

तीन वटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १५ करोड रुपैयाँ ऋण लिएर भारततर्फ लागेका हुन् । स्वर्गीय जतनलाल बेगवनी करिव पाँच दशक अगाडि विराटनगरमा सुरु गरेको सुनको व्यापार छोरा सन्तोषले सम्हालेका थिए ।

जतनलालका तीन छोरामध्ये दुई छोराले बुबाले खोलेको महालक्ष्मी ज्वेलर्स नाममा विराटनगर-७ जलजला चोक र मेन रोडमा सञ्चालन गरिरहेका छन् । दाजुसँग छुटि्टएर सन्तोषले ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरेर बसेका थिए ।

चाँदीको बढी कारोवार गर्दै आएका सन्तोषकुमार चाँदीको बजार भाउ घटेपछि देश नै छाडेर भागेको बताइएको छ । ५७ बषर्ीय सन्तोषकुमारका कान्छा छोरा कुलदिप बेङग्लोरमा व्यापार गर्दै आएका छन् ।

जेठा प्रदिपकुमार र माइला सन्दिप भने विराटनगरमा थिए । केही वर्षयता ऋणमा डुबेका सन्तोषले व्यपारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए । ‘पसलमा चाँदीका भाँडाबाहेक केही सामग्री थिएन’ स्रोतले भन्यो ‘सटर बन्द गरेर उनी परिवारसहित भारत प्रवेश गरेका छन् ।’

सर्बसाधारणको सुन धितो राखेर ऋण समेत दिँदै आएका सन्तोषले लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंकबाट २७ करोड भन्दा बढी रुपैयाँ ऋण लिएको उनीसँग कारोवार गरिरहेकाहरु बताउँछन् ।

उनले लक्ष्मी बैंकबाट ८ करोड, ग्लोबल आइएमईबाट ३ करोड र प्राइमबाट करिब १६ करोड रुपैया ऋण लिएका थिए ।

पसलमा धितो राखेको सुन लिएर सञ्चालक भागेपछि पीडित बनेका सर्बसाधरणले प्रहरीले उजुरी गरेका छन् । व्यक्तिगत ऋण र धितो राखेर ऋण लिएका सर्बसाधरण प्रहरीमा उजुरी गर्न पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले ठगिएकाहरुले प्रहरीमा उजुरी दिएको बताए । सोमबार दिउसोदेखि व्यक्तिगत र समूहगत रुपमा उजुरी आएपछि छानविन थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment