Comments Add Comment

बैंकको व्याजदर आतंक पछि तर्सियो निजी क्षेत्र, गभर्नरको ध्यानाकर्षण

२५ मंसिर, काठमाडौं । बैंकको व्याजदर अस्वभाविक रूपमा बढेको भन्दै निजी क्षेत्रले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको निजी क्षेत्रको टोलिले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी ध्यानाकर्षण गराएको हो ।

ऋणको व्याजदर अचानक वृद्धि भएको र यसले उद्योगी एवं व्यवसायीलाई ठूलो असर परेको भन्दै महासंघको टोलिले गभर्नर नेपालको ध्यानाकर्षण गराएको हो ।

बैंकहरुले ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नै नगरी ऋणको ब्याजदर अचानक वृद्धि हुँदा ठूला समस्या सिर्जना हुनसक्ने महासंघको ठहर छ । नेपालका उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको ब्याजदर वृद्धि हुँदा उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने भन्दै अध्यक्ष राणाले गम्भीर भएर यसमा विचार गरिदिन गभर्नर समक्ष आग्रह गरिन् ।

मुलुकमा लगानी वृद्धि गरी बढ्दो व्यापारघाटा कम गर्न स्वदेशी उद्योग व्यवसायलाई प्रोत्साहन गर्न राष्ट्र बैंकबाट आवश्यक सहयोग हुनु पर्ने समेत उनले बताइन् । महासंघले गभर्नर नेपाललाई १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बैक तथा वित्तीय संस्थाको ब्याजदर घट्नुपर्ने, सरकारको पुँजीगत खर्च वृद्धि हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै संस्थागत निक्षेपकर्ताले बचतमा उच्च ब्याजदर माग्दा बैंकले बचतमा उच्च ब्याजदर तिरी ऋणको ब्याजसमेत वृद्धि हुने भएकाले संस्थागत निक्षेपको सीमा हाल ४५ प्रतिशत रहेकोमा उक्त सीमालाई घटाइ २५ प्रतिशत गरिनुपर्ने, अनौपचारिक अर्थतन्त्रमा रहेको रुपैयाँ औपचारिक प्रणालीमा ल्याउन बैंकमा रुपैयाँ जम्मागर्दाका प्रक्रिया सहज हुनुपर्ने लगायतका माग महासंघले अघि सारेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै गभर्नर नेपालले ब्याजदर र तरलताका विषयमा आफू गम्भीर भएको र सहजताका लागि आवश्यक कदम चाल्ने आश्वासन दिए । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय धमाधम व्याजदर बढाइरहेका छन् ।

वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले व्याजदर निर्धारणमा बैंकहरुलाई स्वतन्त्रता प्रदान गरेसँगै निक्षेपको व्याजदर बढाउने होडबाजी नै चलेको छ । निक्षेपको व्याजदर बढेपछि कर्जाको समेत बढ्ने भएकाले समस्यामा परेको उद्योगी व्यवसायीहरु भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment