Comments Add Comment

‘बेहुली’ बन्यो जनकपुरधाम !

२६ मंसिर, जनकपुरधाम । सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । राम-सीताको विवाह महोत्सवमा सहभागी हुन उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।

त्रेता युगका भगवान राम र सीताको विवाहसँग सम्बन्धित छ जनकपुरको विवाह पञ्चमी महोत्सव । बिहेका लागि रामको जन्मस्थल अयोध्याबाट सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने गर्दछन् । आजै स्वयम्बर गरेर डोली लिई जन्तीहरु अयोध्या फर्किने गर्छन् । यसलाई हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन उत्सवको रुपमा मनाउने गरिएको छ । यसका लागि केही महिनाअघिदेखि नै तयारी सुरु हुन्छ ।

अहिले जनकपुर क्षेत्रलाई विशेष रुपमा सिंगारिएको छ । जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, मुख्यमन्त्री निवास, रंगभूमि मैदान लगायका स्थानमा उज्यालो प्रकाशको व्यवस्था र झिलिमिली पारिएको छ ।

झिलिमिली जानकी मन्दिर । फोटो: भरतबन्धु थापा

सुरक्षा व्यवस्था कडा

योगी आदित्यनाथका साथै विवाह महोत्सवमा सहभागी हुने भक्तजनहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘राम जानकी विवाह पञ्चमी विशेष सुरक्षा योजना ०७५’ कार्यान्वयनमा ल्याएर सुरक्षा प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अनलाइनखबरलाई जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी ३ हजार १ सय जना सुरक्षाकर्मी फिल्डमा खटिने छन् । नेपाली सेना भने ‘रिजर्भ फोर्स’को रुपमा रहने छ । सीमा क्षेत्रको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ । यसैगरी छिमेकी जिल्लाका सीमाना र नाकाहरुमा पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यो पनि पढ्नुहोस जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की !

रंगभूमि मैदान क्षेत्रमा पिउने पानी, दमकल, चिकित्सक सहितको एम्बुलेन्स राखिएको छ भने जिल्लाका स्वास्थ्य संस्थामा स्ट्याण्डबाई चिकित्सकको टोली खटाइएको प्रजिअ कँडेलले बताए ।

सवारी साधनको चापलाई मध्यनजर गरेर मंगलबार रातिदेखि नै नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस जनकपुरधाममा योगीको आगमनले उब्जाउने प्रश्न

नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी दिइन् । ट्राफिक व्यवस्थापनका लागि एसपी किरण बज्राचार्यले नै नेतृत्व गरिरहेकी छन् ।

जनकपुरधाम पुनर्निर्माण भइरहेकाले खासगरी जानकी मन्दिर आसपास सडकका खाल्डाखुल्डी पुर्ने र खुल्ला रहेका ढल, नाली मर्मत गर्ने काम राति अबेरसम्म पनि जारी थियो । विवाह महोत्सव आयोजनास्थल रंगभूमि मैदानमा २० बाई १० को डिस्प्ले बोर्ड जडान कार्य गए राति अबेरमात्र सकिएको छ । विवाह महोत्सवलाई प्रत्यक्ष भिडियो उक्त बोर्डमा देखाइने छ ।

तस्वीर: विक्रम रौनियार/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment