Comments Add Comment

रेबिकाको सुन्दरता

गतबर्ष चलचित्र ‘लिलिबिली’को घोषणा हुँदा ४ सुरक्षा गार्डको घेरामा इन्ट्री मार्ने २ नायिकामध्ये एक नायिका थिइन् रेबिका गुरुङ । चलचित्र क्षेत्रमा गतबर्ष नै इन्ट्री मारेतापनि त्यो समयमा उनलाई भाग्यले साथ दिएन । कारण, चलचित्रको छायांकनको समयमा उनी बिरामी परिन् भने उनको यूकेको भिजा पनि लागेन । यसैले पहिलो चलचित्रमा उनले काम गर्न नै पाइनन् । तर, रेबिकाको सुन्दरताको चर्चा चलचित्र वृत्तमा चलिसकेको थियो ।

तर, प्रतिक्षाको फल मिठो हुन्छ भने जस्तै रेबिकालाई चलचित्रमा इन्ट्री मार्नका लागि डेढ बर्ष त लाग्यो । तर, उनको प्रवेश गज्जब तरिकाले भएको छ । चलचित्र ‘मारुनी’मा उनी लिड भूमिकामा छिन् । उनको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का जस्ता चिनिएका कलाकार त छन्, तर रेविकालाई आफ्नो भूमिकाप्रति पूर्ण विश्वास छ ।

नेपाली चलचित्रमा भित्रने दर्जनौ नायिकामध्ये कम नायिकाको मात्र लामो समयसम्म चर्चा हुन्छ । रेबिका लामो रेशको घोडा बन्ने सोचका साथ चलचित्रमा प्रवेश गरेको बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment