Comments Add Comment

गुगलमा किन खोजिँदैछ ‘इडियट’ ?

सर्च इन्जिन गुगलमा अचानक अंग्रेजी शव्द इडियट idiot शव्दको खोजी तिव्र भएको छ । गुगलमा इडियट शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै यो शव्दको खोजी निकै उच्च भएको छ ।

अमेरिकी सांसदहरुले गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचाईलाई एक सुनुवाईका क्रममा यस बारेमा प्रश्न गरेसँगै खबर यसले ठूलो चर्चा पाएको छ ।

गुगलमा इडियट शव्द सर्च गर्दा डोनाल्ड ट्रम्पको फोटो किन देखापर्दछ ? भनेर सांसदहरुले पिचाईलाई सोधेका थिए । यसलाई गुगलले राजनीतिक पक्षपात गरेको रुपमा सांसदहरुले व्याख्या गरेपछि पिचाईले त्यसलाई अस्विकार गर्दै गुगलको बचाउ गरेका थिए ।

यो खबर पश्चात् गुगलमा इडियट शव्दको खोजी यति तीव्र बनेको छ कि अमेरिकामा idiot शव्द सबैभन्दा धेरै खोजी गरिएको शव्द बनेको गुगलले जनाएको छ ।

उक्त सुनुवाईका क्रममा रिपब्लिकन सांसद जो लोफ्ग्रेनले सुन्दर पिचाईसँग गुगलमा इडियट सर्च गर्दा ट्रम्पको फोटो देखिएको बारेमा सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं किवर्डको आधारमा आउने र त्यसलाई दुई सय भन्दा धेरै कारणका आधारमा सूचिकृत गरिने बताए । त्यस्तो आधारका रुपमा प्रासांगिकता र लोकप्रियता लगायतका रहेका छन् ।

तर पिचाईको यस्तो जवाफमा सांसद सहमत भएनन् । कुनै मामुली मानिसले पर्दा पछाडि बसेर प्रयोगकर्तालाई के परिणाम देखाउने भन्ने कुराको निर्णय गर्न नहुने उनको भनाई थियो ।

रिपब्लिकन पार्टीका धेरै सांसदहरुले गुगल सिइओलाई र्याखर्याख्ती पारेका थिए । एकजना सांसदले यस्तो गुनासो गरे कि आफ्नो पार्टीको हेल्थ केयर बिलको खबर गुगलमा खोजी गर्दा केवल नकारात्मक खबर मात्र देखा पर्ने गरेका छन् ।

तर पिचाईले चाहीँ गुगलमा गुगल शब्द नै सर्च गर्दा समेत धेरै नकारात्मक खबर पहिले देखा पर्ने गरेको जवाफ दिए ।

ट्रम्प र इडियट बीच के सम्बन्ध ?

इडियट शव्द र अमेरिकी राष्ट्रपति ट्रम्पको तस्वीरको सम्बन्ध सबैभन्दा पहिले यहीँ वर्ष बाहिर आयो । कतिपयले यसको सम्बन्ध गत जुलाईमा ट्रम्पको बेलायत भ्रमणका क्रममा भएको विरोधसँग पनि जोडेका छन् ।

तब बेलायती प्रदर्शनकारीहरुले अमेरिकन इडियट नामको एक गीतलाई बेलायतको संगीतको ट्रेण्डिङ नम्बर वान बनाएका थिए ।

त्यसपछि रेडिट वेबसाइटमा प्रयोगकर्ताले यस्ता लेखहरुको वर्षा गरे जसमा ट्रम्पको छेउँमा इडियट शव्द लेखेका थिए ।

उक्त वेबसाइटको सर्च इन्जिन डाटाबेसको प्रभावित गर्ने एक कोसिस पनि थियो, जसलाई गुगल बम्बिङ्ग पनि भनिन्छ ।

सुनुवाईको बेला अमेरिकाका धेरै सांसदहरुलाई प्रविधि संसारका बारेमा धेरै जानकारी नै नभएको पाइयो । स्टिभ किंग नामका एकजना सांसदले आफ्नी नातिनीको आइफोन किन राम्रोसँग चलिरहेको छैन ? भनेर सोधे । त्यसको जवाफमा पिचाईले आइफोनको उत्पादन गुगलले नगर्ने बताए ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment