+
+
Shares

‘रुद्र’बाट डेब्यू गरेर सन्तुष्ट छैन, बरु मलाई मेरो भ्वाइसले चिनायो’: सारा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १३:३०

चलचित्र ‘रुद्र’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेपनि नायिका सारा सिर्पाली आफ्नो डेब्यू चलचित्रबाट खासै सन्तुष्ट छैनन् । किनभने, यो चलचित्रबाट आफूले कुनै पनि परिचय बनाउन नपाएको उनको गुनासो छ । उनले भनिन्–‘मैले मनदेखि भन्नुपर्दा म ‘रुद्र’बाट सन्तुष्ट छैनँ । किनकी, यो चलचित्रले मलाई कुनै पनि चिनारी दिलाएन । पहिलो चलचित्रबाट मैले एउटा परिचय पाएको भए अहिले कुरा नै फरक हुने थियो ।’

सारासँग गरिएको ‘ओके सेलिब्रिटी शो’को भिडियो यहाँ हेर्नुहोस्ः


साराले बरु आफूलाई कुनै चलचित्रमा आवाज मात्र भर्दा बढी दर्शकले चिनेको बताइन् । चलचित्र ‘लिलिबिली’मा साराले नायिका जसिता गुरुङमाथि आवाज दिएकी छिन् । यो आवाजले नै खुबै चर्चा पाएको थियो । भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’की नायिका साराको चलचित्र क्षेत्र रुची थियो । क्यामेरा अगाडि अभिनय गर्नु सानैदेखिको रुची भएकै कारण उनले सुरु गरेको जागिर समेत छाडेकी थिइन् ।

साराले भनिन्–‘मेरो पढाई र परिवारको प्रेसरका कारण मैले एकान्टेनको जागिर सुरु गरेकी थिएँ । जागिर सुरु गरेको १५ दिन भैसकेपछि गोपाल कायस्थ दाइले ‘रुद्र’को अडिसनमा आउन भन्नुभयो ।’कायस्थले बोलाएपछि अडिसन दिन आएकी सारा आफू छनोट भएको बताउँछिन् । उनलाई भेट्नेले राम्री छौ भनेपनि चलचित्रमा अफर भने गरेका रहेनछन् । सारा भन्छिन्–‘मैले लण्डनमा रहँदा नै ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिएँ । यहीकारणले पनि मलाई क्यामेरा अगाडि उभिएपछि छुट्टै आनन्द प्राप्त हुन्थ्यो ।’

डेब्यू चलचित्रले आफूलाई परिचय नदिएपनि आफू यही चलचित्रका कारण यो क्षेत्रमा भित्रिएको साराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?