Comments Add Comment

युरोपा लिगः आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा

२८ मंसिर, काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले एफके काराबागलाई १–० गोलअन्तरले पराजित गरेसँगै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । आर्सनलको जितमा एलेक्सन्ड्रे लेकाजेटले निर्णायक गोल गरे ।

खेलको १६औं मिनेटमा लेकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

जितसँगै ६ खेलबाट १६ अंक बनाउँदै आर्सनल समूह विजेता बनेको हो । यही समूह ई बाट स्पोर्टिङ क्लब समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment