Comments Add Comment

प्रियंका र निकसँगै प्रियालाई गुगलमा सर्वाधिक खोजियो

गतबर्ष गुगलमा सर्वाधिक खोजिएकी नायिका थिइन् सन्नी लियोनी । तर, यसबर्ष गुगलमा सर्वाधिक खोजिएको भारतीय सेलिब्रिटीको सूचीमा सन्नीको नाम छैन । यसैबर्ष बिहे बन्धनमा बाँधिएकी बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र उनका श्रीमान् निक जोनसलाई गुगलमा यो बर्ष सर्वाधिक धेरै खोजिएको छ ।

तर, यो सूचीमा यो जोडी मात्र छैन । यो बर्ष गुगलमा सर्वाधिक खोजिने व्यक्तिको सूचीमा मलायालमकी नायिका प्रिया प्रकाश पनि परेकी छिन् । उनले आँखा झिम्क्याएको एउटा भिडियो भाइरल भएको थियो । यसपछि भने उनी विश्वभर चर्चित बनिन् । यसकारण, सबैभन्दा ठूलो सर्च इन्जिन गुगलमा उनलाई यो बर्ष सबैभन्दा धेरै पटक खोजिएको हो ।

गुगलमा सर्वाधिक खोजिने भारतीयको पहिलो नम्बरमा प्रिया प्रकाशको नाम छ । दोश्रो स्थानमा निक जोनस र प्रियंका चोपडा छन् । तेश्रो नम्बरमा भने ‘बिग बोस’को तेश्रो स्थानमा पर्न सफल सपना चौधरी छिन् । चौथो स्थानमा नायिका सोनम कपुर छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment