+
+
Shares

पुसलाई नेप्सेको ग्रीन सिग्नल, परिसूचकसँगै कारोबार रकम पनि उच्च

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १५:४२

१ पुस, काठमाडौं । पुस महिनाको पहिलो दिन नै सेयर बजारमा हरियाली छाएको छ । महिनाकाे पहिलाे दिन आइतबार व्यापार समूह बाहेक सबै हरियाली छाएर पुसलाई सेयर बजारले स्वागत गरेको हो ।

आइतबार सेयर बजार १८ दशमलव ८९ अंकले उकालो लागेको छ । कारोबार शुरु भएसँगै उकालो लाग्नु शुरु भएको बजार एक पटक करिब २० अंकले माथि पुगेको थियो ।
केहिबेर सामान्य उतारचढावका बीच अन्ततः आइतबार १८ दशमलव ८९ अंकले उकालो लागेर नेप्से परिसूचक१ हजार १ सय ६७ दशमलव ६७ मा पुगेर बन्द भएको हो ।

परिसूचकसँगै कारोबार रकम समेत उच्च देखिएको छ । दिनभरमा भएका ४ हजार ९ सय ७४ कारोबारबाट १ सय ५९ कम्पनीको १४ लाख ७ हजार ५३४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँ बराबरकाे कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा देखिएको छ । छिमेक लघुवित्तको आइतबार ५ करोड ७७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?