Comments Add Comment

मनाङ र थ्रीस्टारले अनन्तलाई बुधबार रिलिज गर्दै

३ पुस, काठमाडौं । नेपाली फुटबलका युवा खेलाडी अनन्त तामाङलाई बुधबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार दुबै क्लबले रिलिज गर्ने भएका छन् ।

करिब साढे दुई महिनादेखि अनन्तको विषयलाई लिएर दुबै क्लबबीच विवाद मच्चिएको थियो । करिब एक वर्षदेखि थ्रीस्टार क्लबबाट खेल्दै आएका अनन्तलाई लिग सुरु हुनै लाग्दा थ्रीस्टारको रिलिज विनै मनाङले अनुबन्धन गरेपछि उनी दुबै क्लबको चेपुवामा परेका थिए ।

लिगको नवौं चरणका खेलहरु समाप्त हुदा मात्रै अनन्तलाई दुबै क्लबले रिलिज गर्न लागेका हुन् । यो अवधिमा अनन्तले लिग खेल्न पाएनन् ।

थ्रीस्टारका कार्यबाहक अध्यक्ष अरुण मान जोशीले बुधबार अनन्तलाई रिलिज गर्न लागिएको जानकारी दिए । उनले भने ‘बुधबार हामी अनन्तको विषय टुंग्याउछौं ।’

यता, मनाङका महासचिव मुखिया लामाले भने ‘थ्रीस्टारले रिलिज गर्छ भने हामी पनि रिलिज गर्छौ । सबैसँग सल्लाह भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment