+

ए डिभिजन लिगमा आर्मी र थ्रीस्टार भिड्दै, दुवैलाई जित्नैपर्ने दबाव

२०७५ पुष  ४ गते ६:०२ २०७५ पुष ४ गते ६:०२
ए डिभिजन लिगमा आर्मी र थ्रीस्टार भिड्दै, दुवैलाई जित्नैपर्ने दबाव

४ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभागीय टिम आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो दुई बजेर ३० मिनेटमा थ्रीस्टारले आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिमलाई जित अपरिहार्य रहेको छ । उपाधि दौडलाई कायमै राख्ने हो भने दुवै टिमलाई जित्नुको विकल्प छैन ।

लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ८ खेलबाट २१ अंक रहेको छ । लिगको चौथो स्थानमा रहेको आर्मीको भने ८ खेलबाट १७ अंक मात्रै रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा संकटा क्लब छ । संकटाको पनि ९ खेलबाट २४ अंक रहेको छ ।

लिगकै अर्को खेलमा विभागीय टिम पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबसँग विहान ११ बजे प्रतिस्पर्धा गर्दै छ ।

ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय