Comments Add Comment

‘गोपी’ ट्रेलरमा गाइपालक कृषकको कथा, विपिनलाई बर्षा र सुरक्षाको साथ

नेपाल भित्रकै मौलिक कथालाई खोजी गर्दै पछिल्लो समयमा केहि चलचित्र निर्माण हुन थालेका छन् । विदेशी कथावस्तुलाई दर्शकले मन पराउन छाडेपछि नेपाली कथावस्तुमै चलचित्र निर्माण गर्ने सोचमा केहि निर्माता लागेको देखिन्छ । हालै मात्र दर्शकले नेपाली मौलिक कथाको चलचित्र ‘प्रसाद’लाई रुचाएका थिए ।

अब, गाइ पाल्ने एक कृषकको कथामा चलचित्र निर्माण भएको छ । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को आज ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा नेपालमै राम्रो पढाई गरेर विदेश नगई देशमै गाइपालन गर्ने एक यूवकको कथालाई उठान गरिएको छ ।

चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ । उनलाई नायिकाद्धय बर्षा राउत र सुरक्षा पन्तले साथ दिएका छन् । दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता छन् भने आरोही केसीको लगानी छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

निर्देशक लामाले चलचित्र भित्र हाँस्यरस प्रशस्त भएपनि कथावस्तु नमोडियोस् भन्नका लागि ट्रेलरमा त्यसलाई उल्लेख्य समावेश नगरेको बताए । नायिका बर्षा राउतले चलचित्रको कथा राम्रो लागेकाले आफू अन्तिम समयमा भएपनि जोडिएको बताइन् । चलचित्रका मुख्य कलाकार विपिन कार्कीले आफूले समय थोरै पाएपनि राम्रो काम गर्ने कोशिश गरेको सुनाए ।

चलचित्रको पटकथा लेखेका सामिप्यराज तिमिल्सिनाले यो चलचित्रले कुनै धर्मलाई प्रमोशन नगरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment