Comments Add Comment

चन्द्रागिरीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुधबार बेलुकी उनीमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटले घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

वृत्तका प्रमुख डीएसपी कुमार विक्रम थापाले जाहेरी आएको उल्लेख गर्दै अनुसन्धान थालिएको पुष्टि गरे । ‘जाहेरी परेपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाएका छौं’, थापाले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

धम्की दिएर बालिकामाथि जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment